News
मनाङ र मच्छिन्द्रको विजयी शुरुवात
काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले विजयी शुरुवात गरेका छन् ।
मंगलबार भएको पहिलो खेलमा मनाङले संकटा क्लबमाथि १–० को जित निकाल्यो । एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङका लागि बिशाल चन्दले एक मात्र निर्णायक गोल गरे ।
अर्को खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबमाथि समान १–० को जित निकाल्यो । कबिर तामाङले गरेको एक मात्र गोल मच्छिन्द्रलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)