News कोपा अमेरिकाः सेमिफाइनल समिकरण पूरा, ब्राजीलको चुनौति समाप्त
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अमेरिकामा जारी ४८औं संस्करणको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । अन्तिम दुई क्वाटरफाइनलमा कोलम्बिया र उरुग्वेले जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको हो ।

एरिजोनामा भएको तेस्रो क्वाटरफाइनलतर्फ कोलम्बियाले पनामालाई शून्यका विरुद्ध ५ गोलले हरायो । त्यस्त्ै चौथो क्वाटरफाइनलमा उरुग्वेले दावेदार ब्राजीललाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

यो नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब जुलाई ९ तारीखका दिन न्यु जर्सीमा हुने पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडाको सामना गर्नेछ भने जुलाई १० तारीखका दिन नर्थ क्यारोलिनामा हुने चौथो क्वाटरफाइनलमा उरुग्वे र कोलम्बिया भिड्ने छन् ।

Post Comments