News
द ओसन क्लब र महालक्ष्मी माविको सहकार्यमा युवा खेलाडीहरुलाई छात्रवृत्तिको अवसर
गोरखा । मोफसलमा रहेर ग्रासरुट र युथ फुटबलमा सक्रिय भई लागिपरेको द ओसन क्लब, गोरखाले एसइइ दिएका युवा खेलाडीहरुलाई छात्रवृत्ति दिने भएको छ ।
क्लबले गोरखा कै श्री महालक्ष्मी मावि, लक्ष्मीबजारसँगको सहकार्यमा छात्रवृत्ति दिन लागेको हो । क्लबका अनुसार एसइइ दिएका क्षमतावान, मेहनती र खासगरी विपन्न वर्गका युवा खेलाडीहरुलाई ११ कक्षामा पूर्व छात्रवृत्ति दिने बताएको छ ।
साथै क्लबले इच्छुक खेलाडीहरुलाई यथाशिर्घ सम्पर्क गर्न सूचनासँगै अनुरोध समेत गरेको छ । क्लबका अध्यक्ष अमित खत्रीका अनुसार आफूहरुले ग्रासरुट र युवा खेलाडीहरुलाई सधै प्राथमिकतामा राखेको बताए ।
स्मरण रहोस, क्लबले वार्षिक रुपमै द ओसन कपको रुपमा राष्ट्रिय युथ फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ ।
Post Comments
Related News
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन