News
हेमजा भेट्रान्स कप : पोखरा १३ र १७ विजयी

हेमजा। हेमजा भेट्रान्स कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ । आज भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । खेलको ४० औ मिनेट किसन गौचनले र ६२ औ मिनेटमा बेद बहादुर थापाले एक एक गोल गरे ।
आज नै भएको अर्को खेलमा पोखरा १३ ले ४ लाई ९–१ को भारी गोल अन्तरले पराजित गर्दे अगाडिको यात्रातय गर्यो । खेलको दोस्रो मिनेटमा नै पोखरा १३ का सुरेन्द्र गुरुङले गोलको खाता खोलेको थियो । सोही टीमका राज कुमार गुरुङको भागमा दुई गोल पर्यो । त्यस्तै राजेश गुरुङ,विजय कुमार श्रेष्ठ,.धनराज तमाङ,दर्शन श्रेष्ठ,भक्त गुरुङ र अम्बर बहादुर गुरुङले एक एक गोल गरे । पोखरा ४ का दर्या जंग रानाले सान्त्वना गोल फर्काएका थिए ।
हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने