News १०औं भलुवा गोल्डकप शुरु, गढी युथको विजयी शुरुवात
गोलनेपाल

दुहबी । बुधबारदेखि शुरु भएको १०औं भुलवा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा गढी युथ स्र्पोटिङ क्लब, गढी, सुनसरीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा गढी युथले राष्ट्रिय जागृति क्लब, इटहरी सुनसरीलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

दुहबी–७ स्थित भलुवा खेलमैदानमा भएको खेलमा गढी युथका लागि बिरेन्द्र लिम्बु र पुजन चौधरीले गोल गरे । पराजित राष्ट्रिय जागृतिका लागि भने पृथ्वी चौधरीले गोल गरेका थिए । खेलमा गढी युथका बिरेन्द्र लिम्बु म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।

यो जितसँगै गढी युथ सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत जेठ ३१ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल रारा फुटबल क्लब, राजारानी, धनकुटा र आयोजक गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारले गरेका थिए ।

गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल असार ४ गतेका दिन हुनेछ ।

Post Comments