News
अन्तर्राष्ट्रिय फुटबलमा किरनको 'शतक' र सम्मान
काठमाडौ । मंगलबार राती फिफा विश्वकप छनौटतर्फ नेपालले यमनसँग खेल्दा नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङका लागि ऎतिहासिक र अविष्मरणीय बन्यो ।
त्यो खेल अन्तर्राष्ट्रिय फुटबलमा किरनको १००औं खेल थियो । नेपालका लागि १०० अन्तर्राष्ट्रिय खेल खेल्ने किरन पहिलो र एक्ला खेलाडी पनि बने ।
भलै मंगलबारको खेलमा नेपाल र यमनको नतिजा २-२ को बराबरीमा टुंगिए तापनि किरनका लागि भने त्यो विशेष उपलब्धिका रुपमा पनि रहयो ।
सोही अवसरमा किरन सम्मानित पनि भए । नेपाली टोलीसँगै साउदी अरेबिया पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले चेम्जोङलाई सम्मान गरे । सो अवसरमा एन्फाका केन्द्रिय सदस्य विकाश नारायण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)