News नवलपरासी गोल्डकप जेठ १७ गतेदेखि
सुरज राना मगर

भूमही । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलदुक’ भन्ने नाराका साथ राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भुमही, नवलपरासीको आयोजनामा यही जेठ १७ देखि २४ गतेसम्म प्रथम नवलपरासी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

सुनवल–१३, नवलपरासी स्थित शहिद स्मृति रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । प्रतियोगितामा मोफसल र ए डिभिजनका गरी कुल ८ टोलीहरुको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।

नवलपरासी जिल्ला कै सर्वाधिक धनराशी रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ३ लाख ११ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments