News फ्रेण्डसले मनायो आफ्नो ५२औं वार्षिकोत्सव
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलमा पाँच दशक बढी समयदेखि निरन्तर आफूलाई क्रियाशील राखेको शिर्ष फुटबल क्लब फ्रेण्डस क्लबले आफ्नो ५२औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

बागमती खेलमैदानमा एक कार्यक्रमका बीच भएको वार्षिकोत्सव समारोहमा क्लबका पदाधिकारीहरुसँगै नयाँ पुराना खेलाडीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

चियापान र भेटघाट कार्यक्रम समेत आयोजना गरिएको सो अवसरमा उपस्थिति जनाएका खेलाडी, पदाधिकारहिरुले क्लबको अतित, वर्तमानसँगै उपलब्धी तथा नेपाली फुटबलबारे पनि अन्तरक्रिया गरेका थिए ।

 

Post Comments