News शिर्षताको होड मै आरसी३२
गोलनेपाल

काठमाडौं । पटक–पटकको कारवाहीका बावजुद आफ्नो सुन्दर लयलाई कायम राखेको आरसी३२ फुटबल एकेडेमीले शहिद स्मारक सी डिभिजन लिगतर्फ मंगलबार महत्वपूर्ण जित हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी३२ ले झम्सीखेल युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । आरसी३२ का लागि सुजन बलमपाकी र आशिष लावतीले गोल गरे ।

यो जितसँगै ८ खेलबाट १६ अंक जोडेको आरसी३२ लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उता पराजित झम्सीखेल भने १० अंकका साथ लिगतालिकाको सातौं स्थानमा छ ।

Post Comments