News
चर्च ब्वाईज र आर्मीलाई एएफसी क्लब लाइसेन्स, चर्च ब्वाईजले एएफसी च्यालेञ्ज लिग खेल्ने
काठमाडौं । नेपालका शिर्ष दुई टोली चर्च ब्वाईज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सन् २०२४–२५ सिजनका लागि प्रतिष्ठित एएफसी क्लब लाइसेन्स हात पारेका छन् ।
एन्फाको क्लब लाइसेन्सीङबारे निर्णय गर्ने विभाग फस्र्थ इन्स्टेन्स बोडी (एफआइबी) को आवश्यक अध्ययन र निरीक्षण पश्चात चर्च ब्वाईज र आर्मीलाई एएफसी कलब लाइसेन्स प्रदान गरिएने एन्फाले जनाएको छ ।
यो निर्णयसँगै चर्च ब्वाईज र आर्मीलाई एएफसीको विभिन्न गतिविधी र प्रतियोगिताहरुमा सहभागिता जनाउने बाटो पनि खुलेको छ । साथै नेपालको ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईजले प्रतिष्ठित एएफसी च्यालेञ्ज लिग खेल्ने पनि पक्का भएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)