News सुम्हालुङको जित, सयपत्री र पाँचथर युनाइटेडको बराबरी
गोलनेपाल

पाँचथर । पाँचथर जिल्ला फुटबल संघको आयोजनामा जारी खेलाडी विमासहितको पाँचथर जिल्ला ए डिभिजन लिगमा सुम्हालुङ युवा क्लबले जित हात पार्दा सयपत्री क्लब र पाँचथर युनाइटेडले बराबरी खेलेका छन् ।

सुम्हालुङले जित हात पार्ने क्रममा पल्लेटार युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । सुम्हालुङको जितमा बिनोद लिम्बु र हितेन लिम्बुले गोल गरे ।

त्यस्तै अर्को खेलमा सयपत्री क्लब र पाँचथर युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Post Comments