News
तिलोत्तमा–१४ प्रथम बाउन्नकोटी कपको फाइनलमा
सुपौली । घरेलु टोली तिलोत्तमा–१४ यहाँ जारी प्रथम बाउन्नकोटी कप अन्तरपालिका वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर १५ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै तिलोत्तमा–१५ फाइनलमा प्रवेश गरेको हो ।
सुपौली खेलमैदानमा भएको खेलमा तिलोत्तमा–१४ का लागि एमोस पुन र सनम गुरुङ्गले गोल गरे । तिलोत्तमा–१४ ले यही बैशाख २१ गते शुक्रबार हुने फाइनलमा सियारी–१ सँग उपाधिका लागि भिड्ने खेल संयोजक झबिलाल थापाले जानकारी दिए ।
बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह, चिल्हिया, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष लिल बहादुर क्षेत्रीले जानकारी दिए ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने