News
चीनमा फर्कियो फुटबल, डिफेन्डिङ च्याम्पियनको विजयी शुरुवात
काठमाडौं (एजेन्सी) । हाल विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पति भएको देश चीनमा पनि फुटबल शुरु भएको छ । देशकै शिर्ष लिग चाइनिज सुपरलिगतर्फ ग्वाङझु इभरग्रान्डीले विजयी शुरुवात समेत गर्यो ।
खाली रंगशालामा खेलाइएको खेलतर्फ इभरग्रान्डीले सांघाई सिन्हवालाई २–० ले हरायो । इभरग्रान्डीको जितमा दुवै गोल वेइ शिहाओ (७ र ६६औं मिनट) ले गरे । त्यस्तै अर्को खेलमा वुहानले किंगदाओ ह्वाङहाईलाई समान २–० ले हरायो ।
लिगमा कुल आठ टोलीहरु सहभागि छन् । लिगतालिको शिर्ष चार टोलीहरु च्याम्पियनसिप स्टेजका लागि भिड्ने छन् भने पुछारका चार टोली रेलिगेशन स्टेजका लागि प्रतिस्पर्धा गर्नेछन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै