News
चीनमा फर्कियो फुटबल, डिफेन्डिङ च्याम्पियनको विजयी शुरुवात

काठमाडौं (एजेन्सी) । हाल विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पति भएको देश चीनमा पनि फुटबल शुरु भएको छ । देशकै शिर्ष लिग चाइनिज सुपरलिगतर्फ ग्वाङझु इभरग्रान्डीले विजयी शुरुवात समेत गर्यो ।
खाली रंगशालामा खेलाइएको खेलतर्फ इभरग्रान्डीले सांघाई सिन्हवालाई २–० ले हरायो । इभरग्रान्डीको जितमा दुवै गोल वेइ शिहाओ (७ र ६६औं मिनट) ले गरे । त्यस्तै अर्को खेलमा वुहानले किंगदाओ ह्वाङहाईलाई समान २–० ले हरायो ।
लिगमा कुल आठ टोलीहरु सहभागि छन् । लिगतालिको शिर्ष चार टोलीहरु च्याम्पियनसिप स्टेजका लागि भिड्ने छन् भने पुछारका चार टोली रेलिगेशन स्टेजका लागि प्रतिस्पर्धा गर्नेछन् ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै