नेपाली फुटबल टोलीका पूर्व कप्तान, एन्फाका वर्तमान टेकनिकल डिरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक हरि खड्का टिप–टो स्पोर्ट्स एकेडेमीसँग ब्रान्ड एम्बासेडर र टेकनिकल एडभाईजरका रूपमा आबद्ध हुनुभएको छ ।
नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित उक्त एकेडेमीसँग आफु जोडिन पाएकोमा उहाँले संचालक गौरव बस्नेत तथा एकेडेमीका स्पोर्ट्स एडभाईजर सुबास न्यौपाने लाइ धन्यवाद दिनु भएको छ।
एकेडेमीको प्रशिक्षण केन्द्रमा भएको कार्यक्रममा उहाँ भन्नुहुन्छ "म टिप–टो स्पोर्ट्स एकेडेमीसँग आबद्ध हुन पाउँदा धेरै खुसी छु किनकि म एकेडेमी खेलको जग हो भन्नेमा दृढ विश्वास गर्छु।। ग्रासरुट लेभलबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्ने भविष्यका खेलाडीहरू विकास गर्न टिप–टो धेरै समर्पित भएकोमा म खुसी छु।
एकेडेमीका अध्यक्ष गौरव बस्नेतलाई हरि खड्कासँग जोडिनुको कारण सोध्दा हरि खड्का नेपाली फुटबलका लिजेण्ड भएको र उहाँको विशेषज्ञता र अनुभवले एकेडेमीलाई भविष्यका खेलाडीहरू विकास गर्न एकेडेमीले स्थापित गरेको कोसेढुङ्गामा पुग्न निश्चित रूपमा मद्दत गर्ने कुरामा आफु धेरै आशावादी रहेको बताउनु भएको छ ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन