News
महिला फुटबल टिमलाई सम्म्मान
काठमाडौ । नेपाल स्पोर्ट्स फेलोसिपले आइतबार राती नेपालको राष्ट्रिय महिला फुटबल टिमलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
गत फागुनमा पश्चिमी एसियाली गल्फ राष्ट्रहरुले खेल्ने वाफ महिला फुटबल च्याम्पियन्सीपमा उपविजेता बनेर नेपालको नाम उच्च पारेको भन्दै नेपाल स्पोर्ट्स फेलोसिपले इस्टर फेस्ट फेलोसिप २०२४ अन्तर्गत महिला फुटबल टिमलाई ७५ हजार रुपियाँ र गिप्mट ह्याम्परसहित सम्मान गरेको हो ।
स्मरण रहोस, वाफ च्याम्पियन्सीपको फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो । खेलकर्मी भेलाको रुपमा आयोजित गरिएको सो कार्यक्रममा नेपालका सबैजसो खेलका करीब एक सयभन्दा बढी खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा