
हेटौडा । हेटाैडामा शुरु भएको अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा आइतबार भएको खेल बाट ५ नम्बर वडा र ७ नम्बर वडा क्वाटरफाइनलमा प्रबेश गर्न सफल भएको छ ।
आइतबार गौरीटार रंगशालामा भएको पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर ११ लाई पेनाल्टी सुटआउटमा ५-२ ले पराजित गरि क्वाटफाइनलमा प्रबेश गर्न सफल भएको छ । निर्धािरत समय गोलरहित बराबरिमा टुंगिएको थियो । दुइवटा पेनाल्टी प्रहार बचाएका ५ नं वडाका गोलरक्षक समन सापकोटा खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यैसैगरी आजै भएको दोस्रो खेलमा वडा नं १० लाई दुई शुन्यले पराजित गरि वडा नं ७ क्वाटरफाइनलमा प्रबेश गर्न सफल भएको छ । खेलमा ७ नम्बर वडाका सुजन लामाले बिजयी टिमको लागि दुई गोल गरेका थिए । दुई गोल गरेका सुजन नै खेलको म्यान अफ द म्याच घोषित भए । दुबै खेलको म्यान अफ द म्याचले नगद १५०० सहित ट्रफि हात पारे ।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेल ४ नम्बर वडा र ८ नम्बर वडाको बिचमा र दोस्राे खेल ६ नम्बर वडा र १७ नम्बर वडाको बिचमा हुने प्रतियोगिता संयोजक गोबिन्द नेगिले बताउनुभयो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा