आठराई त्रिवेणी । मरिक फुटबल क्लब, धरान यहाँ जारी प्रथम माछापोखरी हिटी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ मरिकले संखुवासभा जिल्ला फुटबल संघलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
आठराई त्रिवेणी–५ स्थित स्थानीय खेलमैदानमा भएको खेलमा मरिकका लागि निरज परियारले दुवै गोल गरे । उता पराजित संखुवासभाका लागि रबिन मगरले एक मात्र गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खेलमा मरिकका राजु मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत १० गते शनिबारको दोस्रो सेमिफाइनल खेल डाँडाबजार फुटबल क्लब, धनकुटा र आठराई गाउँपालिका, तेह्रथुम बीच हुने आयोजकले जानकारी दियो ।
चाँगे माछापोखरी हिटी क्लब, आठराई त्रिवेणी–५, चाँगे, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख २० हजार हात पार्नेछ । फाइनल खेल चैत ११ गतेका दिन हुनेछ ।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि