News
दोस्रो न्यु युथ कप: न्यु एकताको विजयी शुरूवात

तानसेन । न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा शुरु दोस्रो न्यु युथ युनियन कपमा न्यु एकता क्लबले विजयी शुरुवात गरेको छ ।
तानसेन स्थित टुंडिखेल मैदानमा भएको उद्घाटन खेलमा न्यु एकताले पिटफल ब्रदर्श एफसीलाई २-१ ले हराउँदै विजयी शुरूवात गरेको हो ।
खेलमा न्यु एकताका सुरज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । यो जितसँगै न्यु एकता क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी तानसेन नगरपालिकाका अध्यक्ष सन्तोष लाल श्रेष्ठ, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीर जंग राणा लगायतले संयुक्तरुपमा गरेका थिए ।
यही चैत २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।
Post Comments