
काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ बहराईन विरुद्ध हुने दुई होम एण्ड अवे खेलहरु नेपालले बहराईन कै घरेलु मैदानमा खेल्ने भएको छ । सो कुराको पुष्टी मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत गरेको छ ।
स्मरण रहोस, छनौट प्रतियोगिता अन्तरगत समूह एचमा रहेको नेपालले बहराईनसँग यही मार्च २१ र २७ तारीखका दिन हुने दुई खेलहरु बहराईन मै खेल्ने पक्का भएको हो । दुवै खेलहरु बहराईन नेशनल स्टेडियममा हुनेछन् ।
गत महिना फिफा प्रतिनिधीले दशरथ रंगशालाको निरीक्षण पश्चात रंगशाला विश्वकप छनौटका खेलहरु खेलाउन योग्य नरहेको ठहर गरेको थियो । त्यसपछि बहराईन विरुद्धको घरेलु खेल तटस्थ मैदानमा खेल्ने अनुमान गरिए तापनि अन्ततः दुवै खेलहरु बहराईन मै हुने तय भएको हो ।
त्यस्तै नेपालले बहराईन जानु अघि त्यसको लागि मलेसियासँग अभ्यास म्याच समेत खेल्नेछ । सो कुराको पुष्टी पनि एन्फाले आधिकारिक रुपमा गरेको छ । हाल रुाष्ट्रिय फुटबल टोली त्यसकै लागि बन्द प्रशिक्षणमा समेत रहेको छ ।
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा