News
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष कप असोज अन्तिम सातादेखि

त्रिपुरासुन्दरी गाउँपालिका, टेकानपुर, सिन्धुपाल्चोकमा यहि असोज २९ गतेबाट त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा सुरु हुन गइरहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु. ५१,१११ प्राप्त गर्नेछ भने उपविजेताले रु. ३१,१११ हात पर्नेछ ।
त्यस्तै व्यक्तिगत उत्कृष्ट विधातर्फका खेलाडीहरुले आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
टेकानपुर स्थित स्थानीय खेल मैदानमा हुने प्रतियोगितामा कुल ९ टिमहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा टेकानपुर बी र चोकटी बी बीच हुनेछ । प्रतियोगिताको फाइनल खेल भने यहि कार्तिक १ गते हुने आयोजकले जानकारी दिएको छ ।
Post Comments