News
भुटान प्रिमियर लिगको मिति पनि तय

काठमाडौं । दक्षिण एसियाली राष्ट्र भुटानको यस बर्ष हुने शिर्ष लिग भुटान प्रिमियर लिग २०२० को मिति पनि तय भएको छ । भुटान फुटबल फेडरेशनले जनाएअनुसार लिग आउँदोअगस्त १ तारीखदेखि शुरु हुने तय भएको हो ।
यद्यपि कोरोना भाइरस महामारीका कारण यस बर्ष लिगको सबै खेलहरु खाली रंगशालामा हुने भुटान एफएले स्पष्ट पारेको छ । तर फुटबल समर्थकहरुले लिगका खेलहरु माइकुजु टिभीमा हेर्न सक्ने समेत बताएको छ ।
स्मरण रहोस, गत बर्ष भुटान प्रिमियर लिगको उपाधि पारो एफसीले जितेको थियो । त्यो उपाधि पारो एफसीको क्लब इतिहास मै पहिलो लिग उपाधि समेत थियो । दोस्रो र तेस्रो स्थानमा भने क्रमशः ट्रान्सपोर्ट युनाइटेड र थिम्पु सिटी रहेका थिए ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय