
काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा चर्चित प्रशिक्षक बसन्त गौचनद्वारा स्थापित र सञ्चालित बसन्त गौचन (बिजी) फुटबल एकेडेमीले काठमाडौंमा पनि फुटबल प्रशिक्षण दिने भएको छ ।
यसअघि सबै सुविधासहितको एकेडेमी पोखरामा सञ्चालन गर्दै आएको बिजी फुटबल एकेडेमीले अब त्यसलाई विस्तार गरी काठमाडौंसम्म पुर्याइएको एकेडेमी सञ्चालक बसन्त गौचनले बताए । उनले यो कार्यक्रम देशैभरि विस्तार गर्ने योजना रहेको पनि सुनाए ।
त्यस्तै प्रशिक्षणका लागि आउँदो फागुन ३ गते (फेब्रुअरी १५ तारीख) देखि भर्ना पनि खुला गरिने प्रशिक्षक राजेन्द्र तामाङले बताए । फुटबल प्रशिक्षण भने बौद्ध स्थित बौद्ध टाउन प्लानिङमा दिने पनि प्रशिक्षक तामाङले जानकारी दिए ।
स्मरण रहोस, एकेडेमीले आफ्नै पहलमा जापानमा वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतिष्ठित कोपा पुमा टोरेरोज युथ फुटबल प्रतियोगितामा नेपालका बाल खेलाडीहरुलाई खुला छनौट गरी नेपाली युथ फुटबल टोली बनाएर सहभागिता गराउँदै आएको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय