
बागमती । बागमती गाउँपालिका, खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता आउँदो फागुन १ देखि १० गतेसम्म हुने भएको छ ।
बागमती गाउँपालिका–८, शान्तिपुर स्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अहिलेबाटै शुरु गरिने आयोजकले जानकारी दियो । वि.सं. २०७४ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताको छैठौं संस्करणमा पुरस्कार रकममा पनि बृद्धि गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
आयोजकका अनुसार पाँचौं संस्करणको विजेताले ८ लाख हात पारेको थियो भने उपविजेताले ४ लाख प्राप्त गरेको थियो । बागमती गाउँपालिका, मकवानपुरको मुख्य प्रायोजन रहने प्रतियोगितामा यसपटक विजेताले १० लाख पाउनेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
प्रतियोगितामा यसपटक पनि कुल १० टोलीहरुले सहभागिता जनाउने छन् । जसमा ६ ए डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोली सामेल हुने जानकारी गराइयो । स्मरणीय छ, प्रतियोगिताको गत संस्करण भुटनिज स्पोर्टस क्लब, अमेरिकाले जितेको थियो ।
त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा