News
नेपालका फिफा रेफ्रीहरुलाई नयाँ फिफा बेज वितरण

काठमाडौं । वर्ष २०२४ का लागि फिफा रेफ्रीको सूचीमा परेका नेपालका १२ फिफा रेफ्रीहरुलाई एक कार्यक्रमका बीच फिफा बेज वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले रेफ्रीहरुलाई नयाँ बेज वितरण गरेका थिए ।
सो अवसरमा एन्फा उपाध्यक्ष दावा लामा, महासचिव किरन राई, कार्यसमिति सदस्य मणिराज बिष्ट, एन्फा सिइओ इन्द्रमान तुलाधर, रेफ्री विभाग प्रमुख गोकुल थापा र रेफ्री संघका अध्यक्ष बुद्धि गुरुङ लगायतका अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।
नयाँ बेज पाउने फिफा रेफ्रीहरुः
अन्जना राई, नबिन्द्र महर्जन, कबिन ब्यान्जनकार, प्रज्वल क्षेत्री, श्याम दनुवार
नयाँ बेज पाउने सहायक फिफा रेफ्रीहरुः
मेरिना धिमाल, ननिराम थापा मगर, माधव केसी, सहदेव श्रेष्ठ, किशन कन्हैया यादव, प्रकाश भुजेल, हरिष कार्की
Post Comments
Related News
- एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न
- टोलीको प्रदर्शनबाट एन्फा सन्तुष्ट, समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यकः एन्फा उपाध्यक्ष लामा
- राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
- खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण