काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ बिहीबार हुने एक मात्र खेलमा साविक विजेता काठमाडौं रेजर्सले बिरगंज युनाइटेड एफसीको सामना गर्दा रेजर्सको नजर शिर्ष चार भित्रै उक्लिनु हुनेछ ।
६ खेलबाट ९ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा रहेको काठमाडौंले प्ले अफको सम्भावनालाई कायम राख्न बिरगंज विरुद्ध आफु अनुकुल नतिजा निकाल्नु पर्नेछ । काठमाडौं भन्दा माथि चौथो र तेस्रो स्थानमा रहेका क्रमशः झापा र ललितपुरको समान १०–१० अंक छ ।
त्यस अर्थमा पनि काठमाडौंले बिरगंजसँग बराबरी नतिजा निकाले पनि प्ले अफका लागि आफ्नो सम्भावनालाई कायम राख्नेछ । उता ६ खेलबाट ५ अंकका साथ पुछारमा रहेको बिरगंज शिर्ष चारको होडबाट बाहिरिसकेको छ ।
बिहीबार काठमाडौंले बिरगंजको सामना गर्दा डिफेन्डिङ च्याम्पियनलाई केही दबाब पनि हुने अनुमान गरिएको छ । बिरगंज भने दबाबमुक्त भएर काठमाडौंलाई कडा चुनौति दिने योजनामा रहनेछ ।
खेल दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने कार्यक्रम छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै