काठमाडौं । नवप्रवेशी टोली झापा सनसनीपूर्ण जितका साथ दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ लिगतालिकाको शिर्ष चारमा उक्लिएको छ । बुधबार जित्नै पर्ने खेलमा झापाले दावेदार मध्ये एक मानिएको अपराजित धनगढी फुटबल क्लबलाई २–० ले हरायो ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा झापाले दुवै गोल दोस्रो हाफ गर्यो । ५३औं मिनटमा कप्तान अन्जन बिष्टको गोलबाट अग्रता बनाएको झापाले ७७औं मिनटमा समिराज थोकरको गोलबाट त्यो अग्रता दोब्बर बनायो । जुन अग्रता खेलको निर्णायक नतिजा पनि बन्यो ।
खेलमा झापाका कप्तान अन्जन बिष्ट प्लेयर अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे । यो जितपछि ७ खेलबाट १० अंक जोडेको झापा चौथो स्थानमा उक्लिएको छ । र, प्ले अफको सम्भावनालाई पनि कायम राखेको छ ।
उता लिगमा पहिलो हार बेहोरेको धनगढीले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । र, ७ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ । शिर्ष स्थानमा भने १४ अंकका साथ पोखरा थन्डर्स छ र पोखराले प्ले अफमा पनि स्थान सुरक्षित गरिसकेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै