
खडक । यहाँ शुरु प्रथम खडक उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक नमो बुद्ध युथ क्लब, सप्तरीले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा नमो बुद्धले डाँगीहाट जागृति युवा क्लब, मोरङलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । नमो बुद्धका लागि कुमार तामाङ र संगीता बिकले समान २–२ गोल गरे । खेलमा नमो बुद्धकी कुमारी तामाङ प्लेयर अफ द म्याच घोषित भईन् ।
यो जितसँगै नमो बुद्ध सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत पुस ३ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल धरान महिला फुटबल क्लब, सुनसरी र बागमती युवा क्लब, सर्लाही बीच हुने आयोजकले जानकारी दियो ।
नमो बुद्ध युथ क्लब, सप्तरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १०११०१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५११११ रुपैयाँ प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ९ गतेका दिन हुनेछ ।
- नेपाली राष्ट्रिय यु-२० महिला फुटबल टोलीको बिदाई
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ