News
एन्फा प्रेसिडेन्ट कपको तयारी पूरा (खेलतालिकासहित)

धरान । कोशी प्रदेश फुटबल संघको आयोजनामा यही मंसिर २७ गतेदेखि शुरु हुन गईरहेको एन्फा प्रेसिडेन्ट कप यु–१५ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
धरान स्थित एन्फा एकेडेमीको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । मंसिर २७ गते हुने उद्घाटन खेलमा अल स्टार एफसी, सुनसरी र बिराट ट्रेनिङ सेन्टर मोरङ् भिड्ने छन् ।
कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पुष ६ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments