News
एनएसएलः बुटवलको पहिलो जित
काठमाडौं । शुरुवाती दुई खेलमा लगातार हार बेहोर्दै खराब शुरुवात गरेको बुटवल लुम्बिनी फुटबल क्लबले दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा आइतबार पहिलो जित हात पारेको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा बुटवलले अर्को नवप्रवेशी टोली स्र्पोटिङ इलाम फुटबल क्लबमाथि २–१ को जित निकाल्दै तीन खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो ।
खेलमा भएका तीन गोलहरु दोस्रो हाफमा सम्पन्न भए । ४९औं मिनटमा स्टेफन बिनोङको गोलबाट अग्रता लिएको बुटवलले त्यसलाई गुमाउन पुग्यो । ७९औं मिनटमा अब्दुलाए बा ले इलामका लागि बराबरी गोल फर्काए ।
यद्यपि खेलको ८८औं मिनटमा बुटवलका कप्तान एरिक बिष्टले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको पहिलो र महत्वपूर्ण जित सुनिश्चित गरे ।
खेलमा बुटवल लुम्बिनीका गोलरक्षक मोहमदु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३० हजार हात पारे ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि