
काठमाडौं (एजेन्सी) । फिफा यु–१७ विश्वकपतर्फ मोरक्को, इक्वेडर, स्पेन, माली र उज्वेकिस्तानले नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भएका छन् । समूह ए तर्फको अन्तिम खेलमा मोरक्कोले आयोजक इण्डोनेसियालाई ३–१ ले हराउँदा इक्वेडरले पनामासँग १–१ को बराबरी खेल्यो ।
अन्तिम खेलहरुको नतिजा पश्चात् ३ खेलबाट ६ अंक जोडेको मोरक्को र ५ अंक जोडेको इक्वेडर क्रमशः समूह विजेता र उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्न सफल भए । समान २–२ अंक जोडेका इण्डोनेसिया र पनामा भने तेस्रो र चौथो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिए ।
त्यस्तै समूह बी बाट स्पेन, माली र एसियाली राष्ट्र उज्वेकिस्तानले नकआउट चरणमा स्थान बनाए । समूह चरणको अन्तिम खेलमा स्पेन र उज्वेकिस्तानले २–२ गोलको बराबरी खेल्दा मालीले क्यानडालाई ५–१ ले हरायो ।
समूह बी मा ३ खेलबाट ७ अंक जोडेको अपराजित स्पेन र ६ अंक जोडेको माली क्रमशः समूह विजेता र उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरे । त्यस्तै ४ अंक जोडेको उज्वेकिस्तान उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भयो । अंकविहीन क्यानडा भने पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो ।
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट