News
बागमतीलाई नवौं नारदमुनी थुलुङ स्मृति गोल्डकपको उपाधि

बसाहा । झिनो अन्तरको जितका साथ नवौं नारदमुनी थुलुङ स्मृति गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि बागमती युवा कलब, सर्लाहीले जितेको छ ।
नारदमुनी थुलुङ स्मृति रंगशालामा भएको फाइनल भिडन्तमा बागमतीले न्यु त्रियुगा स्पोर्टस क्लब, सप्तरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । खेलमा बागमतीका लागि श्रृजन गौतमले एक मात्र निर्णायक गोल गरे ।
बसाहा फुटबल क्लब, उदयपुरको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता बागमतीले उपाधिसहित नगद ४ लाख हात पारेको छ भने उपविजेता न्यु त्रियुगा स्पोर्टसले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
Post Comments