News विश्वकप छनौटः अन्जनको गोलले जोगियो नेपाल
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ को एसियाली छनोटतर्फ प्रारम्भिक चरणको पहिलो लेगको खेलमा नेपाल सम्भावित हारबाट जोगिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेल्यो ।

खेलको ३२औं मिनटमा हजारौं नेपाली घरेलु समर्थकहरुलाई स्तब्ध पार्दै लाओसका लागि बुनफचन बुनकोङले सनसनीपूर्ण गोल गरेका थिए । पहिलो हाफसम्म लाओसले त्यही १–० गोलको अग्रता कायम पनि राख्यो ।

तर दोस्रो हाफ शुरु भए लगतै नेपालले गोल फर्काएको थियो । ४७औं मिनटमा अन्जन बिष्टले नेपालका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । अन्तर्राष्ट्रिय फुटबलमा अन्जनको यो १३औं गोल समेत थियो ।

नेपालले अब दोस्रो लेगतर्फ १७ अक्टुबरका दिन लाओससँग उसकै घरेलु मैदानमा निर्णायक खेल खेल्नेछ ।

Post Comments