News
दुधे फाइनलमा, उपाधिका लागि एमएफसीसँग भिड्ने

झिलझिले । दुधे फुटबल क्लब यहाँ जारी प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा दुधेले ब्याङडाडा फुटबल क्लबलाई ३–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो ।
दुधेले अब असोज २० गते शनिबारका दिन हुने फाइनलमा एमएफसीको सामना गर्नेछ । एमएफसीले बुधबार मात्र भएको पहिलो सेमिफाइनलमा श्रीजंगा युवा समाजलाई ४–० ले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।
बोका जुनियर फुटबल क्लब, शिवसताक्षी नगरपालिका–८, झिलझिले, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।
Post Comments