बेलबारी । डाँगीहाट युथ क्लब, बेलबारी, मोरङको आयोजनामा हुन गईरहेको छैठौं बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
बेलबारी–११ स्थित लक्ष्मी माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । असोज २८ गते हुने उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब, मोरङ र भोजपुर जिल्ला फुटबल संघ, भोजपुर भिड्ने खेलतालिकामा उल्लेख छ ।
नेपाल र भारतका गरी कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने कार्तिक ४ गतेका दिन हुने आयोजकले जानकारी दियो । प्रतियोगितामा नेपालको ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडको पनि सहभागिता रहेको छ ।
आरजु राईस मिलको मुख्य प्रायोजन तथा द रिभर ओभरसिज, मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र दुबोर्ग वियरको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय