
काठमाडौं । चीनमा जारी १९औं एसियन गेम्सको महिला फुटबलतर्फ समूह चरणको दोस्रो खेलमा नेपालले आज एसियन पावर हाउस तथा पूर्व विश्व च्याम्पियन जापानको सामना गर्दैछ ।
वेन्झु ओलम्पिक स्पोर्टस सेन्टर स्टेडियममा नेपाली समयअनुसार ५ः३० बजेदेखि शुरु हुने समूह डी तर्फको नेपाल र जापानबीचको खेल नेपालका लागि विशेष पनि छ ।
सन् २०११ को फिफा महिला विश्वकप विजेता जापान विरुद्ध नेपाललाई आफु अनुकुल नतिजा ल्याउन कठिन देखिए तापनि नेपाली टोलीले जापानसँग खेल्दै धेरै अनुभव र सिक्ने अवसर भने पक्कै पाउने छन् ।
समूह चरणतर्फ नेपालले आफ्नो पहिलो खेलमा भियतनामसँग २–० को हार बेहोरेको थियो भने जापानले बंगलादेशलाई ८–० को फराकिलो अन्तरले हराएको थियो ।
समूह डी तर्फ कै अर्को खेलमा आज नेपाली समयअनुसार १ः४५ बजेदेखि भियतनाम र बंगलादेश भिड्दै छन् । यो खेलमा भियतनामले बंगलादेशलाई हराएको खण्डमा नेपालले आफ्नो सम्भावना कायम राख्न जापानलाई हराउनै पर्ने दबाब पनि हुनेछ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)