News
भारतलाई साफ यु–१६ च्याम्पियनसिपको उपाधि

काठमाडौं । भुटानमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपको उपाधि डिफेन्डिङ च्याम्पियन भारतले जितेको छ । आइतबार भएको फाइनलमा बंगलादेशलाई शून्यका विरुद्ध २ गोलले हराउँदै भारत पाँचौं पटक च्याम्पियन बनेको हो ।
थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको फाइनल भिडन्तमा भारतका लागि खेलको आठौं मिनट मै भरत लाइरेन्जमले पहिलो गोल गरे । त्यस्तै ७४औं मिनटमा लेविस जाङमिनलुनले दोस्रो गोल गर्दै भारतको उपाधि रक्षा अभियान सफल र पक्का पारेका थिए ।
भारत र बंगलादेश प्रतियोगिताको समूह चरणतर्फ पनि एउटै समूहमा थिए । समूह चरणमा भारतले बंगलादेशलाई १–० ले हराएको थियो । सोही समूहमा रहेको नेपालले भने भारत र बंगलादेश दुवैसँग समान १–० को हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको थियो ।
Post Comments