News ग्लोरी निर्णायक बन्दा रेड स्टार अन्तिम चारमा
गोलनेपाल

फुङलिङ । साँघुरो अन्तरको जितका साथ रेड स्टार फुटबल क्लब, बिर्तामोड, झापा यहाँ जारी ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलतर्फ रेड स्टारले युनाइटेड खर्साङ फुटबल क्लब, दार्जिलिङ, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अनितम चारमा स्थान बनाउन सफल भएको हो ।

श्री भानु जन माविको खेलमैदानमा भएको प्रतिस्पर्धातमक खेलको शुरुवाततिरै १२औं मिनटमा जोन ग्लोरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा म्यान अफ द म्याच भने पराजित युनाइटेड खर्साङका बिरेन प्रधान घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत भदौ १८ गते सोमबारको पहिलो सेमिफाइनल खेल पथरी फुटबल क्लब, मोरङ र जुट विकास फुटबल एकेडेमी, इटहरी, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

लाखेजात्रा सञ्चालन समिति, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही भदौ २० गतेका दिन हुनेछ ।

Post Comments