काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनिसले म्यानमार विरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेका हुन् । भिन्सेन्जोले आइतबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेको कुरा अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि जानकारी गराएको छ ।
स्मरण रहोस, नेपालले फिफा विन्डो अन्तरगत यही सेप्टेम्बर ८ र ११ तारीखका दिन यांगोनमा घरेलु टोली म्यानमार विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ । त्यसपछि अक्टुबरमा फिफा विश्वकप र एएफसी एसियन कपको पहिलो चरणको छनौट खेल अन्तरगत लाओससँग खेल्ने पनि तय भईसकेको छ ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन कुमार लिम्बु, दिप कार्की, अभिषेक बराल
डिफेन्डर्सः अनन्त तामाङ, आशिष गुरुङ, सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, छिरिङ लामा
मिडफिल्डर्सः अरिक बिष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिष रत्न छुन्जु
फरवार्डसः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन बिष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)