News साउने सेमिफाइनलमा प्रवेश
गोलनेपाल

करमगाछी । साउने फुटबल क्लब यहाँ जारी इलेभन स्टार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनलतर्फ साउनेले गोल्डे फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

साउनको जितमा खिलराज मगर र आशिष राईले गोल गरे । उता पराजित गोल्डेका लागि प्रितम थारुवाले एक मात्र गोल फर्काएका थिए । खेलमा साउनेका आशिष राई म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५०० र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत भदौ ९ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक इलेभन स्टार फुटबल क्लब र जलजले फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

यही भदौ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments