News
इन्टर स्कुल फाईभ ए साईड फुटसल हुने

किर्तिपुर । टिम आर्टरीजको आयोजनामा आउँदो भदौ २० र २१ गतेका दिन दोस्रो टिम आर्टरीज इन्टर स्कुल फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ । त्यसका लागि आयोजकले आवश्यक तयारी पनि शुरु गरिसकेको छ ।
किर्तिपुर स्थित इलिट फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक स्कुले टोलीहरुका लागि भदौ १६ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७ हजार तोकिएको पनि आयोजकले जनाएको छ ।
लिग सिस्टमका आधारमा हुने दुई दिने प्रतियोगिताको विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments