ANFA
पॉचथरको टु-स्टार ग्रामीण सृजनशील क्लबको अध्यक्षमा विजय नेम्बाङ चयन
इम्बुङ । पॉचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङ स्थित टु-स्टार ग्रामीण सृजनशील क्लबको १६औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
अधिवेशनबाट उपाध्यक्षमा अइन्द्र फुयल र दीपक नेम्बाङ चयन भएका छन्। त्यसैगरी सचिवमा डिल्ली हाङ नेम्बाङ, सहसचिवमा हेनी नेम्बाङ र कोषाध्यक्षमा विमला आङ्देम्बे नेम्बाङ चयन भएका छन्।
नवगठित कार्यसमितिका सदस्यहरूमा गगन नेम्बाङ, सन्तोष नेम्बाङ, मणि कुमार तामाङ, सागर नेम्बाङ र देवराज नेम्बाङ रहेका छन्।
अधिवेशनबाट चयन भएका नयाँ पदाधिकारीहरूले क्लबका लागि आगामी दिनमा आफ्नो उद्देश्य अनुसार खेलकुद,सामाजिक तथा सिर्जनशील गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
क्लबले बर्षेनी बराहक्षेत्र कार्तिके पूणिमा मेला पुरूष तथा महिला फुटबल प्रतियोगिता सन्चालन गर्दै आइरहेको छ ।
Post Comments
Related News