News
मच्छिन्द्र र एनआरटीको यु–१६ खेलाडी छनौट कार्यक्रम शुरु
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१६ ए डिभिजन लिगको मिति घोषणा गरेसँगै त्यसका लागि सम्बन्धित क्लबहरुले खेलाडी छनौट कार्यक्रमलाई पनि तिव्रता दिएका छन् ।
भर्खरै लिग सकेर बसेका थप दुई कलब मच्छिन्द्र फुटबल क्लब र न्युरोडटिम (एनआरटी) ले पनि यु–१६ खेलाडी छनौट कार्यक्रम शुरु गरेको छ । त्यस्तै अन्य क्लबहरुले पनि आफ्नो यु–१६ टोली तयार पार्न खेलाडी छनौट कार्यक्रमलाई शुरु गरिसकेको छ ।
स्मरण रहोस, एन्फाले यु–१६ ए डिभिजन लिग यही असार ३० गतेदेखि शुरु गर्ने घोषणा गरेको छ । यसअघि असार २३ गतेबाट शुरु गर्ने भनिए तापनि विविध कारणवश एन्फाले आइतबार नयाँ मिति घोषणा गरेको थियो ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन