उम्रोको 'रोड टू वेस्ट ह्याम’ योजना अन्तर्गत दुई विजेताले इब्लिस प्रिमियर लिगको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका छन् ।
उम्रोसँगको सहकार्यमा भाटभटेनी सुपरमार्केटले सञ्चालन गरेको 'रोड टू वेस्ट ह्याम’ योजना अन्तर्गत भक्तपुरका अनमोल श्रेष्ठ र पोखराका सुजन रेग्मी लक्की ड्रमार्फत छनोट भएका थिए ।
दुई भाग्यशाली विजेताले मे ५ देखि मे १० सम्म लण्डन पुगेर वेस्ट ह्याम र म्यानचेस्टर युनाईटेडको खेल प्रत्यक्ष हेरेका थिए । विजेताको लण्डनसम्मको दुईतर्फी ह्वाई भाडा, पाँच दिनको बस्ने, खाने ब्यवस्था सहित यात्राको सम्पुर्ण खर्च भाटभटेनी सुपरमार्केटले उपलब्ध गराएको थियो । भाटभटेनीका १४ वटा स्टोरबाट उम्रोका सामान लिने ग्राहकलाई यस योजनामा समावेश गरिएको थियो ।
उम्रोको यो योजना जनवरी २७ देखि मार्च ३० सम्म भाटभटेनीका १४ वटा सुपर मार्केट र डिपार्टमेन्टल स्टोरमा सञ्चालन गरिएको थियो । फुटबल र आम मानिसको जिवनशैलीसँग जोडिएको उम्रोलाई नेपालमा आधिकारिक रुपमा भाटभटेनी सुपर मार्केटले बिक्री वितरण गर्दै आएको छ ।
उम्रो भाटभटेनीको वीरगञ्जमा खोलिएको नयाँ स्टोर सहित १५ वटा सुपरमार्केटमा उपलब्ध छ । उम्रोले फुटबलको विश्वस्तरको सामाग्री र जिवनशैलीसँग जोडिएको सामान उपलब्ध गराउँदै आएको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)