News
अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरुको तथ्यांक संकलन गरिने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अन्तर्राष्ट्रिय सिनियर पुरुष तथा महिला फुटबल खेलाडीहरुको तथ्यांक संकलन गर्ने भएको छ । एन्फाका अनुसार तथ्यांक संकलन गरि सम्बन्धित खेलाडीहरुलाई गोल्ड कार्ड पनि वितरण गरिनेछ ।
एन्फाले पत्र जारी गर्दै उक्त विवरणका लागि एन्फाको आधिकारिक वेबसाईटमा गएर गोल्ड कार्ड फारम भरि एन्फाको सचिवालयमा बुझाउन अनुरोध समेत गरेको छ । प्राप्त फारामहरुबाट विवरण प्रमाणित गरि एन्फाले गोल्ड कार्ड दिने बताएको छ ।
यो तथ्यांक संकलन र गोल्ड कार्ड वितरण कार्यले नेपाली फुटबल खेलको इतिहास संरक्षण गर्ने तथा खेलाडीहरुले सम्मान प्राप्त गर्ने विश्वास एन्फाले लिएको छ ।

Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै