काठमाडौं । पेरिस ओलम्पिक २०२४ को एसियाली महिला फुटबल छनौटतर्फ पहिलो चरणको खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ । शुक्रबार मुख्य प्रशिक्षक अनन्तराज थापाले २२ सदस्यीय नेपाली महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेका हुन् ।
छनौट प्रतियोगिता अन्तरगत समुह सी मा रहेको नेपालले भियतनामसँग यही चैत २२ र २५ गतेका दिन दुई खेल खेल्नेछ । दुवै खेल बेलुका ६ बजेदेखि दशरथ रंगशालामा हुने छन् । नेपालको समूहमा यसअघि प्यालेस्टाईन र अफगानिस्तान समेत रहे तापनि यी दुई टोलीले अन्तिम समयमा आएर नाम फिर्ता लिएका थिए ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्सः समिक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, बिमला बिक, निशा थोकर, पुजा राना, श्रृजना चेम्जोङ
मिडफिल्डर्सः रेनुका नगरकोटी, बिमला चौधरी, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अनिता केसी
फरवार्डसः अमिषा कार्की, रेखा पौडेल, साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला बिक
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा