
काठमाडौं । प्यालेस्टाईनमा भर्खरै सम्पन्न एएफसी यु–२० महिला एसियन कप छनौटको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली यु–२० महिला फुटबल टोली स्वदेश फर्किएको छ ।
टोलीलाई विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश साह, कार्यसमिति सदस्य सरिला श्रेष्ठ लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
स्मरण रहोस, छनौट प्रतियोगिता अन्तरगत आयोजक प्यालेस्टाईन र नर्दन मारियाना आइल्याण्डसँगै समूह बी मा रहेको नेपालले आफ्ना दुवै खेलमा उत्कृष्ट जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक प्यालेस्टाईनलाई ६–० ले हराएको थियो भने दोस्रो खेलमा नर्दन मारियाना आइल्याण्डलाई पनि समान ६–० को अन्तरले हराएको थियो ।
दोस्रो चरणको खेलहरु जुन महिनाको पहिलो सातादेखि शुरु हुनेछ । जहाँ नेपालले आफूभन्दा माथिल्लो वरियताका बलिया टोलीहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)