काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना तीन देश सम्मिलित प्रधानमन्त्री थ्री नेशन कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले उक्त प्रतियोगिताबारे निर्णय र जानकारी गराएको हो ।
चैत्र ६ देखि १७ गतेसम्म दशरथ रंगशालामा चल्ने प्रतियोगितामा नेपालसहित लाओस र भुटानले सहभागिता जनाउने छन् । साथै प्रतियोगिताको टिकटदर सामान्यतर्फ ५ सय र भिआईपीतर्फ १ हजार रहने पनि एन्फाले जनाएको छ ।
त्यस्तै एन्फाले नेपाल मै हुने एएफसी महिला ओलम्पिक छनौट र थ्री नेशन कपका लागि मार्केटिङ तथा डिजिटल राईटका लागि एक मुष्ठ टेण्डर आह्वान गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ । ओलम्पिक छनौटका खेलहरु भने चैत्र २० देखि २८ गतेसम्म हुनेछ । जसमा नेपालसहित भियतनाम र अफगानिस्तानले सहभागिता जनाउने छन् ।
ओलम्पिक छनौटका खेलहरुको टिकटदर सामान्यतर्फ ३ सय र भिआईपीतर्फ १ हजार तोकिएको पनि एन्फाले जानकारी दियो ।
त्यस्तै जिल्ला लिगदेखि विभिन्न उमेर समूहका फुटबल प्रतियोगिता तथा फुटबल गतिविधीबारे पनि एन्फाको बैठकले विभिन्न निर्णयहरु गरेको छ । एन्फाका निर्णयहरु विस्तृत रुपमा तल पढ्नुहोस् ।



- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान