राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले च्यासल रंगशालाको मंगलबार उद्घाटन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवनको असाध्यै महत्वपूर्ण समय (झन्डै ७ वर्ष) च्यासलमा बिताएको स्मरण गर्दै प्रधानमन्त्रीका हैसियतले च्यासल रंगशालाको उद्घाटन गर्न पाउँदा विशेष हर्ष र गर्वको महशुस भएको बताए । प्रधानमन्त्री दाहालले विगतमा खेलकुद क्षेत्रलाई न्युन बजेट विनियोजन हुँदै आएकोमा आगामी आर्थिक वर्षमा गुणात्मक रुपमा बजेट बृद्धि गर्ने प्रतिबद्धता जनाए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले च्यासल रंगशालाको बारेमा जानकारी गराउदै दशरथ रंगशालाको विकल्पका रुपमा च्यासल रंगशाला निर्माण गरिएको बताए ।
करिब २९ करोड लागतमा निर्माण भएको च्यासल रंगशालाको दर्शक क्षमता संख्या ६ हजार २ सय ३६ रहेको छ ।
२०७४ साल असारमा च्यासल रंगशालाको व्यापक स्तरबृद्धि गर्ने उद्देश्यले पुनर्निर्माणको काम सुरु गरिएको थियो । कोभिडका कारण रंगशाला पुनर्निर्माणको काममा ढिलाई समेत भएको थियो ।
च्यासल रंगशालामा चेन्जिङ, मेडिकल, रेफ्री, मिडिया, सुरक्षा गार्ड, प्रशासनीक कक्षलगायतका सुविधा छन् ।
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
- च्यासल फुटबल मैदानको मर्मत सुरु
- ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
- रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै