भद्रपुर । लिग च्याम्प्यिन मच्छिन्द्र फुटबल क्लब यहाँ जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले चर्च ब्वाईज युनाइटेड क्लबको चुनौति २–१ ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा भएको खेलमा अग्रता चर्च ब्वाईजले लिए पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न बाध्य बन्यो ।
५५औं मिनटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको चर्च ब्वाईजले त्यसलाई अन्तिमतिर गुमाउन पुग्यो । ८०औं मिनटमा सुजल श्रेष्ठले मच्छिन्द्रका लागि बराबरी गोल फर्काए भने त्यसको पाँच मिनट लगतै बिमल घर्ती मगरले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।
खेलमा मच्छिन्द्रका सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन ११ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र ड्रुक ल्हायुल एफसी, भुटानबीच हुने आयोजकले जानकारी दियो ।
भद्रपुर झापा गोल्डकप आयोजक समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संमन्वयमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक