News
किरन चम्किदा पञ्जाबको जित
काठमाडौं । चर्चित भारतीय आइ लिगमा राम्रो लयमा रहेका नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि उनको क्लब राउण्डग्लास पञ्जाबले लिगमा सोमबार महत्वपूर्ण जित हात पारेको छ ।
लिगमा १२औं जित दर्ता गर्ने क्रममा पञ्जाबले नेरोकामाथि १–० को साँघुरो अन्तरको जित निकाल्यो । खेलको ३४औं मिनटमा अजय क्षेत्रीले गरेको एक मात्र गोल पञ्जाबलाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो । खेलमा टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका किरन चेम्जोङ हिरो अफ द म्याच समेत घोषित भए ।
यो जितपछि १८ खेलबाट ४० अंक जोडेको पञ्जाब गोल भिन्नताले पछि पर्दै दोस्रो स्थानमा छ । उता शिर्ष स्थानमा रहेको श्रीनिदी डेक्कनको पनि समान ४० अंक छ । त्यस्तै पञ्जाबसँग पराजित नेरोका भने २१ अंकका साथ आठौं स्थानमा छ ।
पञ्जाबले आफ्नो आगामी खेल आइतबार सुदेवा दिल्लीसँग खेल्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल